एजेन्सी – लामो समयको बहसपछि ७७ बर्षीय अमेरिकी नागरिक माइकल ब्लूमबर्गले अमेरिकी राष्ट्रपतिका लागि उमेद्वारीको घोषणा गरेका छन् ।
उनी अमेरिकाका नवौं तथा विश्वका चौधौं धनाढ्य हुन् । न्युयोर्क सहरका पूर्व मेयर ब्लुमबर्गले आइतबार मात्रै औपचारिक रुपमा नै उम्मेदवारीको घोषणा गरेका हुन् । डेमोक्रेटिक पार्टिबाट छनौट भएपछि डोनाल्ड ट्रम्पलाई पराजित गर्न आफू लालायीत भएर म्मेदवारी घोषणा गरेको उनले बताए ।
‘मेरो उम्मेदवारी डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिकाको पुननिर्माण गर्नका लागि हो,’ उनको भनाई छ । ‘चार वर्षको अवधि लामो हो । यो अवधिमा हामीले ट्रम्पको ट्रम्पको अनैतिक कामहरु सहन सकिदैन’ उनले बताए । उम्मेदवारी घोषणापछि ट्रम्पले झण्डै ३ करोड ७० लाख डलरमा आगामी साता टेलिभिजन विज्ञापन गर्ने तयारी समेत गरेका छन् ।
उनले मतदाता नामावली दर्ताका लागि २ करोड डलर खर्च समेत गर्ने भएका छन् । उनले झण्डै डेमोत्र्mयाटतर्पm झुकाव राख्ने ५ लाख मतदाता नामावली दर्ताका लागि सो रकम खर्च गर्ने भएका हुन् । ट्रम्पसँग कडा टक्कर हुने मानिएका राज्यहरुमा उनले उक्त रकम खर्च गर्न लागेका हुन् ।




प्रतिक्रिया