उपनिर्वाचनका लागि धरानमा सेना परिचालन

उपनिर्वाचनका लागि धरानमा सेना परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – मंसिर १४ मा हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिकामा सेना परिचालन गरिएको छ । इटहरीको नम्बर १ राजदल गण र मोरङको याङ्शिलास्थित कालिशक्ती गणबाट निर्वाचन सुरक्षाका लागि यहाँ सेना परिचालन गरिएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र बृहत् जनवादी जनगणतान्त्रिक मोर्चाले यहाँ हुने उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेपछि धरानको शान्ति सुरक्षा मजबुत बनाउन सोमबारदेखि धरानका २०वटै वडामा सेना परिचालन गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले धरानमा हुन लागेको उपनिर्वाचन सफल बनाउनका लागि आवश्यकता अनुसार सेना, १६० सशस्त्र प्रहरी र ७९० जना जनपथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।