भारतीय पूर्वराजदूतको आरोप : चिनियाँ प्रभावमा नेपाल–भारत सम्बन्ध ओझेलमा

भारतीय पूर्वराजदूतको आरोप : चिनियाँ प्रभावमा नेपाल–भारत सम्बन्ध ओझेलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – लामो समयदेखि नेपालको विकास निर्माणमा सहभागी रहदै आएको चीनको नेपालमा प्रभाव पछिल्लो समयमा बढ्दै गएको अमेरिकाले पनि स्वीकार गरिसकेको छ ।

भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको समयमा चीनले केही परिमाणमा भएपनि पेट्रोलियम पदार्थको सहयोग गरेर नेपालमाथि उसको सकारात्मक धारणा प्रस्तुत गरेको थियो ।

लामो समयपछि चीनको राष्ट्र प्रमुखको रुपमा चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेपछि सम्बन्ध अझै प्रगाढ भएको छ । उक्त भ्रमणकै समयमा उनले नेपालकै मञ्च प्रयोग गरेर हङकङमा हस्तक्षेप गर्नेको हड्डी भाच्ने चेतावनी समेत दिएका थिए ।

त्यसैले पछिल्लो समयमा आएर नेपाल–चीन सम्बन्धले भारत–नेपाल सम्बन्ध ओझेलमा परेको हो कि भन्ने अड्कलबाजी समेत काढ्न थालिएको छ ।

यसैबीच निवृत्त आईएफएस अधिकृत र हंगेरीका लागि भारतका पूर्वराजदूत डा. ह्याप्पीमन ज्याकोब र नेपालका लागि भारतका पूर्व राजदूत रंजित रेबीच नेपाल–भारतको सम्बन्को विषयमा कुराकानी भएको द वायरले छापेको छ ।

यो कुराकानीको अवसरमा भारत–नेपालको सम्बन्ध द्विपक्ष्यि र क्षेत्रिय तहमा पनि ऐतिहासिक भएको रंजित रेले बताएका छन् ।

उनले नेपालसँग भारतको सम्बन्धको औचित्यमाथि प्रकाशि पारेका छन् । यो धर्म, संस्कृती र परम्परागत रुपमा पनि गहन र रणनीतिक भएको धारणा उनले राखेका छन् ।

नेपाल बिरुद्ध भारतको अघोषित नाकाबन्दीको बरोमा डा. ज्याकोबले सोधेको प्रश्नमा भारत नेपालको प्रजातान्त्रिक र समावेशीको पक्षमा रहेको रेले बताए । विभिन्न महत्वपूर्ण क्षणमा नेपालले चाहे बमोजिम भारतले सहयोग गरेको उनले बताए ।

‘नेपालको संविधान समावेशी भएन भनेर एउटा समुदाय आन्दोलनमा थियो । उनीहरुले नाकामा बसेर अवरोध गरेका थिए । उनीहरुलाई कसले हटाउने ?’, पूर्व राजदूत रायले भने, ‘नेपाल सरकारले हटाउन खोजेको भए रक्तपात मच्चिथ्यो । हाम्रा ट्रकहरु त नाका पार गर्नका लागि लाइन लागेर बसेका थिए ।’ साथै त्यतिबेला रक्सौलबाहेकका अन्य बोर्डरबाट सामान आपूर्ति भइरहेको दाबी पनि उनले गरे ।

नेपालमा संविधान जारी गर्ने क्रममा भारतले विदेश सचिवलाई विशेष दूतका रुपमा पठाएर हस्तक्षेप गर्न खोजेको विषयमा उनले जवाफ दिए, ‘नेपालमा मधेसी समुदाय आन्दोलनमा उत्रिँदा त्यसको प्रभाव हाम्रो बोर्डरमा पर्छ । त्यसैले भारतले संविधानमा सबैलाई समेट्ने सन्देश दिनमात्रै विदेश सचिवलाई पठाएको हो । त्यसअघि पनि हामीले नेपाललाई सम्झाउँदै आएका थियौं । अन्तिम कदमका रुपमा विदेश सचिव पठाइएको हो । तर उहाँले कुनै प्रेस्किप्सन बोकेर जानुभएको थिएन ।’

भारतले राजतन्त्र हटाउन आन्दोलनकारी शक्तिलाई साथ दिएको स्मरण गर्दै उनले भने, ‘त्यतिबेला चाहिँ हस्तक्षेप नहुने, अहिले कसरी हस्तक्षेप भयो ?’

नेपालमा चीनले सक्रिय भूमिका निभाउन खोजिरहेको भन्दै पटकपटक चिन्ता व्यक्त गरेका रायले त्यसलाई पुष्टि गर्न विभिन्न तर्क राखे । उनले भने, ‘नेपाल र चीनले पहिलोपटक संयुक्त सैन्य अभ्यास गरे । चीनले नेपाली सेनालाई सैन्य उपकरणहरु सहयोग गर्‍यो । बीआरआईमा नेपाललाई समेट्न खोजिरहेको छ । नेपालका कम्युनिष्टलाई एक सूत्रमा बाँध्न खोजिरहेको छ । पहिले अरु देशको आन्तरिक राजनीतिमा खासै चासो नदिने चीन अहिले नेपालमा गहिरो रुपमा भूमिका खेलिरहेको छ ।’

नेपालमा चिनियाँ बढ्दो चिनियाँ संलग्नताका बारेमा यो भारतका लागि चिन्ताको विषय हो कि भनिएको बारेमा उनले यो बढाइचढाइ गरिएको अभिव्यक्तिब भएको उनले बताए ।

चासको न्यायीक क्षेत्रका बावजुद भारतले चीन र नेपाललाई त्रिपक्षिय समन्वयमा संलग्न गराउने उनले बताएको द वायरले आफ्नो अनलाईन संस्करण मार्फत प्रस्तुत गरेको छ ।