विश्वकै धनीमा आर्नउल्टले बेजोस र गेट्स दुवैलाई उछिन्न सक्ने

विश्वकै धनीमा आर्नउल्टले बेजोस र गेट्स दुवैलाई उछिन्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी  – एलभीएमएचएफका अध्यक्ष तथा सीईओ बर्नार्ड आर्नउल्टको सम्पत्ति हाल १०६ अर्ब डलर भन्दा बढी पुगेको फोब्सले जनाएको छ ।

सोमबार आर्नउल्टको कुल सम्पत्तिमा १ प्रतिशतको वृद्धि भएको छ । उनको कम्पनी एलभीएमएचले टिफानी किन्ने घोषणा गरेपछि उनको कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो । उनले टिफानी १६ अर्ब डलर भन्दा बढीमा किन्ने भएका छन् । फ्रान्सेली विलासी सामग्री कम्पनिमा आर्नउल्ट र उनको परिवारको स्वामित्व ४७ प्रतिशत भन्दा बढी रहेको छ ।

एलभीएमएचको सेयर मूल्यमा भएको वृद्धिले आर्नउल्टको माइक्रोसफ्टका सह संस्थापक गेट्ससँगको दुरी कम भएको छ । गेट्सको सम्पत्ति हाल १०७ अर्ब डलर रहेको छ भने अमेजनेका सीईओ बेजोसको सम्पत्ति ११० अर्ब डलर रहेको फोब्र्सको सूचीले देखाएको छ ।

यद्यपि ब्लूमबर्गका अनुसार बेजोस र गेट्ससँग आर्नउल्टको दुरी अझै परनै रहेको छ । जसका अनुसार आर्नउल्टको कुल सम्पत्ति १०० अर्ब डलर रहेको छ भने गेट्स र बेजोसको सम्पत्ति १०९ अर्ब डलर रहेको छ । ब्लूमबर्गले बजार बन्द भएपछि दिनको एक पटक मात्रै सम्पत्तिको सूची सार्वजनिक गर्ने गर्छ ।

फोब्र्सका अनुसार बर्कशायर हाथवेका वारेन बफेटको कुल सम्पत्ति ८६ अर्ब डलर रहेको छ । फेसबुकका सीईओ मार्क जुकरबर्गको कुल सम्पत्ति ७५ अर्ब डलर रहेको छ । ओ¥याकलका ल्यारी इलिसन र स्पेनिस खुद्रा बिक्री कम्पनी अमान्सियो ओर्टेगाको सम्पत्ति ७० अर्ब डलर रहको छ ।