भारतीय दूतावास छिर्ने सशस्त्रका डिआइजीलाई स्पष्टीकरण सोधियो

भारतीय दूतावास छिर्ने सशस्त्रका डिआइजीलाई स्पष्टीकरण सोधियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठलाई स्पष्टिकरण सोधिएको छ ।

डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए । डिआइजी श्रेष्ठलाई सशस्त्रले स्पष्टीकरण सोधेको हो ।

सशस्त्रका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले प्रवीणमाथि स्पष्टीकरण सोधिएको पुष्टी गरे ।  डिआइजी श्रेष्ठले भने अनुमति लिएरै तालिमका विषयमा छलफल गर्न दूतावास गएको बताएका छन् ।