नेपाली सेना जटिल सुरक्षा चुनौतीको सामना गर्न तयार छः प्रधानसेनापति थापा

नेपाली सेना जटिल सुरक्षा चुनौतीको सामना गर्न तयार छः प्रधानसेनापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले आतंकवाद तथा जटिल सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना तयार भएको बताएका छन् ।

इजरायली डिफेन्स फोर्सको सहयोगमा भएको प्रतिआतंकवाद सम्बन्धी तालिमको निरीक्षण गर्ने क्रममा प्रधानसेनापति थापाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम छ ।’

थापाले यस प्रकारको तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा इन्टरओपरेबलिटी वृद्धिका लागि अवसर प्रदान हुने बताए ।

प्रतिआतंकवाद तथा एण्टिहाईज्याकिङ्ग सम्बन्धि कार्बाहीमा उत्कृष्ट मानिने ईजरायली काउण्टर टेरोरिजम टिमले लामो समयको अन्तरालपछि नेपाली विशेष फौजलाई उक्त तालिम सञ्‍चालन गरेको हो । उक्त तालिम निरीक्षणको क्रममा प्रधानसेनापति थापाले यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला  ढाउने अवसर प्रदान भएको बताए ।

नेपाली सेनाले लामो समयको अन्तरालपछि इजरायली काउन्टर टेरोरिजम टोलीसँग अभ्यास गरेको हो । उक्त कार्यक्रममा ईजरायलका राजदुत बेनी ओमर, रथीवृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।