काठमाडौं – जुवाखालबाट समातिएका प्रधानमन्त्री केपी शर्मा ओलीका एडीसी नियमित काममा फर्किएका छन् ।
उनीविरुद्ध जुवा ऐनअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्धा चलाइएको थियो । प्रशासनले शाहीलाई २० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
गत कात्तिक १५ गते जुवा खालबाट समातिएका प्रधानमन्त्री ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जमा उपस्थित गराइएको थियो ।
गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति रहेको स्पष्ट पार्दै सेनाले यस नीतिलाई थप प्रभावकारी बनाउन पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको उल्लेख छ ।




प्रतिक्रिया