काठमाडौं – नेपाली सेनाले आफ्नो मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान) ले विद्यार्थीहरुसँग बढी शुल्क लिएको स्वीकार गरेको छ । शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलसँगको भेटका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको मेडिकल कलेजले केही बढी शुल्क लिएको स्वीकार स्वीकार गरेका हुन् ।
उनले शुल्क समायोजन गरेर सरकारको निर्णय कार्यान्वयनमा सघाउने प्रतिवद्धता समेत जनाएका छन् । सरकारले गत आर्थिक वर्षसम्म मेडिकल कलेजले एमबीबीएस अध्ययनमा काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र काठमाडौं उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ शिक्षण शुल्क लिन पाउने निर्णय गरेको थियो ।
तर त्यसविपरीत धेरै मेडिकल कलेजले बढी शुल्क लिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीको आन्दोलनपछि शिक्षा मन्त्रालय र मेडिकल कलेजबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ । यद्यपी उक्त सहमतिमा पनि विद्यार्थीले आपत्ति जनाएका छन् ।




प्रतिक्रिया