साग पुरुष भलिबल : श्रीलंकालाई हराउंदै पाकिस्तान फाइनलमा

साग पुरुष भलिबल : श्रीलंकालाई हराउंदै पाकिस्तान फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – पुरुष भलिबलमा श्रीलंकालाई हराउंदै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–१ ले पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा पाकिस्तानले पहिलो सेट २८–३० ले गुमायो । त्यसपछि लगातार उसले तिन सेट जित्यो । उसले पछिल्ला तिन सेट २५–१८, २५–२० र २५–२१ ले आफ्नो पक्षमा पारेको हो । पाकिस्तानले अब बंगलादेश र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजयी टिमसँग फाइनलमा स्वर्ण पदकका लागि भिड्नेछ ।