पोखरा – पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा झरेको ढिस्कोले पुरिएका ५ मध्ये ३ जनाको शव निकालिएको छ । दुई जना अझै ढिस्कोभित्र रहेको प्रहरीले जनाएको छ ।
साविक मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणका क्रममा खसेको ढिस्को पन्छाउने क्रममा माथिबाट पहिरो आउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
पुरिनेमा सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर ४ पेदीखोलाका तोवान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली र जोगेन्द्र बुढाथोकी रहेका छन् ।




प्रतिक्रिया