काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन अस्पतालबाटै हेर्ने भएका छन् ।
प्रधानमन्त्रीले खेल हेर्ने इच्छा देखाएपछि उनलाई अस्पतालको आईसीयूबाटै आइप्याडमा साग खेल देखाउने तयारी गरिएको प्रधानमन्त्रीको उपचार टोलीका संयोजक डा. अरुण सायमीले जानकारी दिए ।
नेपालमा हुन लागेको साग खेलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सागलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि अहिले अस्पतालमा उपचाररत छन् ।
प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस भएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफल शल्यक्रिया गरिएको थियो ।




प्रतिक्रिया