म मेरो खेलाडीलाई लगातार खेलाएर मर्नका लागि पठाउन सक्दिनँ : प्रशिक्षक पेटर

म मेरो खेलाडीलाई लगातार खेलाएर मर्नका लागि पठाउन सक्दिनँ : प्रशिक्षक पेटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलको खेलतालिकाप्रति सहभागी टिमका प्रशिक्षकहरुले आपत्ति जनाएका छन् ।

आइतबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा सहभागी टिमले २४ घण्टाको फरकमा २४ घण्टाको फरकमा खेल नराखिएको भन्दै आपत्ति जनाएका हुन ।  साग फुटबलमा नेपाल, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटान सहभागी छन् ।

माल्दिभ्सका प्रशिक्षक पेटर सेग्रेटले भने, ‘हामीलाई यो तरिकाले खेल तालिका सार्वजनिक गरेकोमा चित्त बुझेको छैन । हामी फुटबल कमिटीसँग छलफल गर्नेछौँ । त्यसपछि आएको सल्लाहअनुसार खेल खेल्ने छौँ । तर, खेलाडीको स्वास्थ्यको लागि यो खेल तालिका राम्रो होइन, हामी हाम्रो खेलाडीलाई मर्नको लागि खेल खेल्न पठाउन सक्दैनौं ।’

उनले आयोजकले आफ्नो अनुसार तालिका सार्वजनिक गरेको हुनाले आफूहरुले सहमति जनाउन गाह्रो पर्ने बताए । यता श्रीलंकाका प्रशिक्षक मोहन अलीले पनि तालिकाबारे असन्तुष्टि भएपनि आफूहरु खेल्न तयार भएको बताए ।

‘खेल तालिकाप्रति हामी असन्तुष्ट छौँ । एउटा खेलाडीले २४ घण्टाभित्र खेल खेल्न भने सक्दैन । खेलाडीको स्वास्थ्य स्थिति खराब हुने र खेलाडीहरु घाइते हुने सम्भावना हन्छ,’ अलीले भने । खेल तालिकाप्रति भुटानी टोलीले पनि असन्तुष्टि जनाएको छ । फुटबल खेल अन्तर्गत पहिलो खेलमा बंगलादेश र भुटानले सोमबार १ः०० बजे प्रतिस्पर्धा गर्नेछन् ।