काठमाडौं – उपनिर्वाचनमा साझा पार्टीको अपेक्षाकृत मत नआएपछि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचन परिणामले भ्रष्टता, असक्षमतालाई अनुमोदन गरेको बताएका छन् ।
‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्यो त्यसमा थप धेरै मेहन गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’
उपचुनावले @Sajha_Party पार्टीले छोटो समयमा जे गर्यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ। साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।
— Rabindra Mishra (@RabindraMishra) December 1, 2019




प्रतिक्रिया