अछाममा छाउगोठ बसेकी युवतीको गोठभित्रै मृत्यु

अछाममा छाउगोठ बसेकी युवतीको गोठभित्रै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – अछाममा छाउगोठ बसेकी एक युवतीको मृत्यु भएको छ । जिल्लाको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार २१ वर्षीया पार्वति बुढा रावतको छाउपडी गोठमा मृत्यु भएको हो ।

मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकि पार्वती १८ महिना पहिले विहे गरेर सिद्धेश्वर आएकी थिइन् । आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी ईलाका प्रहरी कार्यालय साफेवगरका इन्सपेक्टर नरपती भट्टले जानकारी दिए ।

बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको जेठाजु छत्र रावतले जानकारी दिए । छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको छ । के कसरी मृत्युु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान करन रावत रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ ।