सुनसरी – बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई चार दिन हिराशतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका गिरीलाई सुनसरी जिल्ला अदालतले सोमबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सोमबार बिहान आइसीयूबाट पक्राउ परेका गिरीलाई स्वास्थ्य परीक्षणपछि एम्बूलेन्सबाटै अदालत लगिएको थियो ।
अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुनः अस्पताल नै पठाइएको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरी बिहान करिब ५ बजेतिर उनी उपचाररत् विराटनगर अस्पतालबाट पक्राउ गरेको थियो । गिरीलाई ‘माइनर हार्टअट्याक’ भएपछि आइसियूमा राखेर उपचार थालिएको विराटनगर अस्पतालले जनाएको छ ।




प्रतिक्रिया