गुल्मी – बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नंको जीप बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।
जीपमा रहेका मध्ये नौ जना महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया