मलेसियाले माग्यो ३१ हजार बढी नेपाली कामदार

मलेसियाले माग्यो ३१ हजार बढी नेपाली कामदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाले ठूलो संख्यामा नेपाली कामदारको माग गरेको छ । मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना नेपाली कामदार माग गरेको हो ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी गराएको छ ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको हो ।