बागलुङ – जिल्लाको बडिगाडमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।
मृत्यु भएकाहरुको बुर्तिबाङ अस्पतालमै पोस्टमार्टम गरि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका–२का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका–४ का हिमाल कार्की र निमा केसी रहेका छन् ।
उनीहरुको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं लैजाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए ।
दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका–४ का १५ वर्षे धनबहादुर कार्की बेपत्ता भएका छन् । उनको खोजीकार्य जारी छ । गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप बडिगाड गाउँपालिकामा दुर्घटना भएको थियो ।




प्रतिक्रिया