जुनियर युवा रेडक्रसले लागुऔषद् न्यूनिकरण र शैक्षिक गुणस्तर बृद्वि गरेकाे छ : संयोजक राना

जुनियर युवा रेडक्रसले लागुऔषद् न्यूनिकरण र शैक्षिक गुणस्तर बृद्वि गरेकाे छ : संयोजक राना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गैंडाकोट – नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवलपुरको गोष्ठी सम्पन्न भएको छ । गैंडाकोट नमुना माविको आतिथ्यतामा सञ्चालित २ दिने जुनियर युवा रेडक्रस गोष्ठी मंगलबार गैंडाकोटमा सम्पन्न भएको हो ।

७० विद्यालयका २ सय ३० जना शिक्षक नायक, जुनियर युवा रेडक्रस सर्कलका पदाधिकारी सहभागी रहेको गोष्ठीले जिल्लामा सञ्चालन गरि शैक्षिक वर्ष २०७६र ०७७ का लागि वार्षिक कार्ययोजना तय गरेको नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवलपुरका संयोजक केबी रानाले जानकारी दिएका छन् ।

गोष्ठीले मानवीय सेवा, विपद् व्यवस्थापन, ट्राफिक सचेतना, लागुऔषद् न्यूनिकरण, शैक्षिक गुणस्तर बृद्वि, बालमैत्री विद्यालय निर्माण अभियान, जीवन जिउनेकला, नेतृत्वविकास, बाल प्रतिभाको खोजी, तनाव व्यवस्थापन, विभिन्न विद्यामा स्वंयमसेवक प्रशिक्षक तयार गर्ने, लैंङ्गिक हिंसा न्यूनिकरण लगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका संयोजक रानाले बताए ।

उनका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा फाल्गुन भित्र पालिका स्तरीय जुनियर युवा गोष्ठी गर्ने, संरक्षक र शिक्षक नायकको अवलोकन भ्रमण प्राथामिक उपचार, आर्ट अफ लिभिङ्ग प्रशिक्षक प्रशिक्षण, जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ, नृत्यकला, वादविवाद, निवन्ध प्रतियोगिता नेतृत्व विकास तालिमलगायत कार्यक्रम गर्ने निर्णय गरेको छ ।

गोष्ठीमा नेपाल रेडक्रस सोसाईटी चितवनका उपसभापति विदुर केसीले रेडक्रस बारेमा, आर्ट अफ लिभिङ्गका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले जिवन जिउनेकला, प्राकृतिक चिकित्सा सामुदायिक अस्पताल रजहरका डा। संग्राम पुरीले दैनिक आहारविहार, प्राकृतिक उपचार पद्वतिको महत्व, संयोजक केबी रानाले युवा जुनियर युवा रेडक्रस नीति, कार्यक्रम, नेतृत्वविकास सम्बन्धि विषयमा प्रशिक्षण दिएका थिए ।

यसैगरि रेडक्रस रजहर उपशाखा सचिव निराजन महत्तोले प्राथामिक उपचार, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख विक्रम क्षेत्रिले लागुऔषद् न्यूनिकरण, ट्राफिक प्रहरी कार्यालय गैंडाकोटका सहायक प्रहरी निरिक्षक महाप्रसाद ढकालले समेत सडक सुरक्षा विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाईटी नवलपुर जिल्ला सभापति मदनभक्त अधिकारी, गण्डकी प्रदेश सदस्य केशव अधिकारी, गैंडाकोट नमुना माविका प्रधानाध्याक गोपेन्द्रकेसरी न्यौपाने, नेपाल शिक्षक महासंघ नवलपुर अध्यक्ष मोहनलाल कलवार, शिक्षक नायक कुशुम न्यौपानेलगायतले गोष्ठीले जुनियर युवा रेडक्रस अभियानमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरे । कार्यक्रम नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवलपुरका संयोजक केबी रानाको अध्यक्षता सम्पन्न भएको थियो ।

गोष्ठीमा सहभागीहरुले पर्यटन प्रवद्र्वनका लागि मौलाकालिका मन्दिरसम्म सचेतनामुलक पैदलयात्रा गरि एक रात मन्दिर परिसरमै बसि सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए ।