सुनसरीमा पहिलोपटक विद्यापति समारोह हुँदै

सुनसरीमा पहिलोपटक विद्यापति समारोह हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – सुनसरी सदरमुकाम इनरुवामा पहिलोपटक विद्यापति समारोह मनाइने भएको छ ।

मैथली सेवा समिति इनरुवा सुनसरीको आयोजनामा मनाइने समारोहका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक जीवानन्द झाले बताए ।

मङ्सिर २१ गते शनिबार शुक्ल एकादशीका दिन इनरुवा–४ मा रहेको रामजानकी मन्दिर परिसरमा विशेष समारोहको आयोजना गर्ने तयारी भएको आयोजक समितिका कार्यक्रम संयोजक झाले बताए ।

विद्यापति समारोहका अवसरमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिको उपस्थिति संयोजक झाले बताए । प्रथम विद्यापति स्मृति पर्व समारोह नाम दिइएको कार्यक्रमलाई तीन चरणमा आयोजना गरिने तयारी गरेको उनले बताए ।

शनिबार बिहान प्रभातफेरि र स्थानीवासी रमानन्द झाले इनरुवा–४ नयाँ बसपार्कमा दान दिएको जग्गामा विद्यापति स्मारक शिलान्यास गरिने कार्यक्रम छ ।

दिउँसो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेशका अन्य मन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेतालगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

साँझ मैथिल सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रमसमेत आयोजना गरिने संयोजक झाले बताउनुभयो । रु १५ लाखभन्दा बढी खर्च हुने अनुमान साथ आयोजना गर्न लागिएको कार्यक्रममा पाँच हजारभन्दा बढी स्थानीयवासीको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

कार्यक्रममा सुनसरी, मोरङ, सप्तरीसहित भारतका विभिन्न भू–भागमा बसोबास गर्दै आएका मैथिलभाषी जानकार, विद्धान, अग्रज साहित्यकार तथा कलाकारको उपस्थिति रहनेछ । विद्यापतिलाई मैथिली साहित्यका महाकविका रूपमा लिइन्छ । मैथिल साहित्यको लेखन तथा विस्तारमा पु¥याएको योगदानलाई नेपाल–भारत दुवै देशमा सम्मानका साथ हेर्ने गरिएको छ ।