काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दुग्ध विकास संस्थान र राष्ट्रिय दुग्ध विकास बोर्डको रिक्त कार्यकारी निर्देशकका लागि आहृवान गरिएको विज्ञापन रद्द गरेको छ ।
संस्थान र बोर्डको रिक्त कार्यकारी निर्देशकका लागि आहृवान गरेको विज्ञापन खारेज गर्न उच्च अदालत पाटनले आदेश दिएपछि मन्त्रालयले दुवै विज्ञापन खारेज गरेको हो । असंगत ढंगले विज्ञापन आहृवान गरिएको भन्दै मन्त्रालयविरुद्ध ०७४ पुस १८ मा उच्च अदालत पाटनमा उजुरी परेको थियो ।
त्यस्तै, कृषि सामग्री कम्प्नी लिमिटेड र राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडको रिक्त प्रबन्ध सञ्चालक पदका लागि गरिएको विज्ञापन पनि खारेज गरेको छ । ०७४ माघ १० मा गरिएको विज्ञापन मन्त्रालयले रद्द गरेको हो । यी दुई विज्ञापन किन खारेज गरियो भन्नेबारे भने आयोगले केही प्रष्ट्याएको छैन ।




प्रतिक्रिया