प्रधानमन्त्री ओलीकाे आज वा भोली नै डिस्चार्ज: कति सत्य ?

प्रधानमन्त्री ओलीकाे आज वा भोली नै डिस्चार्ज: कति सत्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुने भएका छन् ।

स्वास्थ्य अवस्था अपेक्षा अनुरुप सुधार भइरहेकोले बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गरिने प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा.अरुण सायमिले जानकारी दिए ।

गत मंगलबार ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ एपेन्डीसाइटिसको शल्यक्रिया गरेका उनी १० दिनदेखि अस्पतालमा उपचाररत छन् ।

बिहीबार बिहान चिकित्सकहरुको बैठकले प्रधानमन्त्रीको स्वास्थ्य अहिले जस्तै सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिने बताएका हुन् ।

यता प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री आज वा भोली नै डिस्चार्ज नहुने बताए । काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने, ‘अनलाइनहरुले आज वा भोली नै भनेका छन् तर, त्यसको आधिकारिकता चिकित्सकहरुले दिएका छैनन् । उहाँ (आज वा भोली ) डिस्चार्ज हुने सम्भावना छैन् ।’