अर्घाखाँची – जिल्ला अदालत अर्घाखाँचीमा एक ८२ वर्षीय वृद्धले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गरेका हुन् ।
२०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गरेका थिए । पहिलेकी श्रीमती घरमा भए पनि छोरा नभएको भन्दै उनले घरपरिवारको राजीखुशीमै दोस्रो विवाह गरेका हुन् ।
छत्रदेव गाउँपालिका वडा नम्बर ४ केरुंगा निवासी ६५ वर्षीय जगलाल न्यौपानेले सोमबार ३८ श्रीमती तुलसा न्यौपानेसँग सम्बन्ध विच्छेद गर्नु भएको थियो । २०५६ सालमा मागी विवाह गरेका उहाँले विवाह भएको २० वर्षपछि जिल्ला अदालतमा आएर सम्बन्ध विच्छेद गरेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताए ।
उनीहरु मात्र हैन अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्ने जोडीका संख्या बढिरहेको छ । यस आर्थिक वर्ष अर्थात साउनदेखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन् । सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशतभन्दा वर्ष ३० वर्षमुनिका रहेका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् ।




प्रतिक्रिया