प्रधानमन्त्री डिस्चार्ज भएपछि अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

प्रधानमन्त्री डिस्चार्ज भएपछि अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई डिस्चार्ज गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले केही दिन आराम गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा मंसिर १० गते अस्पताल भर्ना गरिएकोमा एपेन्डिसाइटिसको शल्यक्रियापछि बिहीवार डिस्चार्ज गरिएको जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य लाभ भएको जनाइएको छ ।
अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।