अछाम – अछाममा छाउगोठ बसेकी एक युवतीको मृत्यु भएपछि एक जना पक्राउ परेका छन् ।
महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य बनाइएकी अछाम जिल्लाकी युवती २१ वर्षीया पार्वती बुडा राउतको मृत्यु भएपछि प्रहरीले उनका जेठाजुलाई पक्राउ गरेको हो ।
पार्वतीको शव सोमबार बिहान गोठभित्र फेला परेको थियो । अत्यधिक चिसो बढेपछि उनले राति सुत्ने बेला छाउगोठभित्र आगो बालपछि निस्सासिएका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
‘छाउपडी प्रथा अन्तर्गत कुनै पनि व्यक्तिलाई पक्राउ गरिएको यो पहिलो घटना हो,’ अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले थोम्सन रोयटर्स फाउन्डेशनलाई बताए ।
पुलिस अधिकारी जनक शाहीका अनुसार मृतक महिलाकी २५ वर्षे जेठाजु छत्र रावतलाई पक्राउ गरिएको छ । पार्वतीलाई उनैले छाउगोठमा पठाएको आरोप लागेको छ । यदि उनीमाथिको आरोप ठहर भए उनलाई तीन हजार रुपैयाँ हर्जानासहित तीन महिनाको जेल सजाय हुनेछ ।




प्रतिक्रिया