सुनसरी – बलात्कार आरोपमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई अदालतले ७ दिनको म्याद थप गरेको छ । नुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको हो ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको बाबालाई जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागेको थियो । तर अदालतले १० दिनको सट्टा ७ दिन मात्र म्याद थप गरेको हो ।
प्रहरीले अहिले कृष्णदासलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया