उपराष्ट्रपति फिनल्याण्डको स्वतन्त्रता दिवस समारोहमा

उपराष्ट्रपति फिनल्याण्डको स्वतन्त्रता दिवस समारोहमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—उपराष्ट्रपति नन्दबहादुर पुन फिनल्याण्डको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनले बूढानीलकण्ठस्थित आफ्नो निवासमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत आन्तिनेनले फिनल्याण्ड र नेपालबीचको सम्बन्ध सशक्त एवं सुदृढ बन्दै गएको बताउँदै यसै वर्षको प्रारम्भमा काठमाडौँमा द्विपक्षीय राजनीति तथा विकास सहायतासम्बन्धी परामर्श गरिएको जानकारी दिए। उक्त परामर्श नेपालको खानेपानी तथा सरसफाइ, शिक्षा तथा लैङ्गिक समानतामा केन्द्रित रहेको तथा त्यस क्रममा नेपालको विकास र सङ्क्रमणकालीन व्यवस्थापनमा फिनल्याण्डबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरिएको बताए।