काठमाडौं – चाबहिल–साँखु सडकखण्डका स्थानिय फेरि आन्दोलनमा उत्रिएका छन् । चाबहिल–साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै आइतबार थलीमा टायर बालेर स्थानिय विरोत्र प्रद्धर्शनमा उत्रिएका हुन् ।
चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडक यसअघि सरकारसँग भएको लिखित सहमति अनुसार कालोपत्रे नभएको भन्दै स्थानीयबासिन्दाले प्रदर्शन गरेका हुन् । विहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् ।
सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । समस्या समाधान गर्न स्थानीय तहले पनि भूमिका नखेलेको भन्दै स्थानीयहरु भने आक्रोशित छन् ।
लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पनि पटक(पटक सडकमा उत्रिएर विरोध जनाइसकेका छन् । सडक विभागले भने पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ ।




प्रतिक्रिया