खोटाङमा गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी

खोटाङमा गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी भएको छ । जिल्लाको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढ्ने सरकारी गाडी रावावेँसी–५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको अवस्थामा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।

आगलागीबाट बा २ झ ३५२४ नम्बरको गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।