सोलुबाट काठमाडौं हिडेको जीप ओखलढुंगामा दुर्घटना, १० जना घाइते


ओखलढुगा – ओखलढुंगामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ६४१२ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन् ।

जीप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जानकारी दियो । घाइतेहरुको ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement