दिल्लीमा बिहीबार आगलागी, चालिसको जिवितै उद्धार

दिल्लीमा बिहीबार आगलागी, चालिसको जिवितै उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली – भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ। केहीदिनदेखि भइरहेका आगलागीका घटनामध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ।

नयाँ दिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन्। बिहीबार बिहान २ बजेतिर उक्त आगलागी भएको बताइएको छ।

घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। एएनआई