अन्ततः प्रतिनिधिसभाले सभामुख पाउँदै आज

अन्ततः प्रतिनिधिसभाले सभामुख पाउँदै आज


काठमाडौं – गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले अन्ततः आज (आइतबार)सभामुख पाउँने भएको छ ।

सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने पक्कापक्की छ ।

सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक बोलाइएको छ । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै दोस्रो बैठक नवनिर्वाचित सभामुख सापकोटाले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
सत्तारूढ दल नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन छ ।