काठमाडौं – नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्धा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश मल्लको एकल इजलासमा परेको हो ।
सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए ।
आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो । हिजै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले केहीबेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।




प्रतिक्रिया