गृहमन्त्रीले गरे कारागारको अनुगमन

गृहमन्त्रीले गरे कारागारको अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं –गृहमन्त्री रामबहादुर थापा बादलले मंगलवार काठमाडौंमा रहेका कारागारहरुको अनुगमन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । सुन्धारास्थित केन्द्रीय कारागार, डिल्लीबजार कारागार लगायतको अनुगमनमा रहेका मन्त्री थापाले कैदीबन्दीको अवस्थका साथै भौतिक संरचनाबारे चासो राखे ।

सो क्रममा कारागार प्रशासनले गृहमन्त्रीसामु बुँदागत रुपमा समस्या र आफ्ना कार्यक्रमबारे अवगत गराएका थिए ।  केन्द्रीय कारागारमा २ हजार ६५० जना कैदीबन्दीका साथै बालसुधार गृह सानोठिमीमा १५० भन्दा बढी कैदीबन्दी बालबालिका रहेको जानकारी गराइएको थियो।

हाल कारागारमा ८ सय भन्दा बढी बिरामी अवस्थामा रहेको पनि गृहमन्त्री थापालाई जानकारी गराइएको छ। गृहमन्त्री थापासामु कारागारको सुरक्षा जोखिमबारे पनि जानकारी गराइएको छ।

कारागार वरिपरि अग्ला भवनका साथै उत्तरमा नजिकै रहेको सिटिसी मल सुरक्षा चुनौतीका रुपमा रहेको कारागारको भनाइ छ। नजिकै रहेको पेट्रोल पम्पका कुनै दुर्घटना भए कैदीबन्दीलाई असामान्य प्रभाव पर्नेतर्फ पनि प्रशासनले मन्त्री थापालाई ध्यानाकर्षण गराएको छ।