काठमाडौं – ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएका विप्लव समूहका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ४ जनालाई छाड्न पाटन उच्च अदालतले आदेश दिएको छ । तर, प्रहरीले चारै जनालाई पुनः पक्राउ गरेको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई छाड्न आदेश दिएको थियो ।
आइतबार ललितपुर प्रहरी परिसर, जावलाखेलले पत्र लेख्दै चारै जनालाई उपलब्ध गराइदिन नख्खु कारागारलाई भनेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि उनीहरुलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । चारै जनालाई सुनसरीमा पठाउन लागिएको जनाइएको छ ।




प्रतिक्रिया