काठमाडौं – सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा शुक्रबार राति एक समुहले आक्रमण गरेको छ। आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्। अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो।
घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जन पनि राति नै घटनास्थल पुगेका छन्।
प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। घटनाको अनुसन्धान भइरहेको एसपी महर्जनले बताए।
प्रहरीले घटनामा संलग्न एक जनासहित आक्रमणकारीहरूले प्रयोग गरेका चार मोटरसाइकल नियन्त्रणमा लिएको छ। अहिले घटनास्थलमै रहेका सिन्धुपाल्चोक प्रहरी कार्यालयका एसपी प्रज्ज्वल महर्जनले घटना गम्भीर रहेकाले पक्राउ परेका व्यक्तिको नाम अहिल्यै सार्वजनिक गर्न नमिल्ने बताए।
प्रहरी चौकीमा किन, कसले आक्रमण ग¥यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया