काठमाडौं – सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती अचेत अवस्थामा फेला परेकी छन् भने कामदार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको सानेपास्थित निवासमा मुना कार्की अचेत अवस्थामा फेला परेकी हुन् भने कामदारको शव भेटिएको प्रहरीले जनाएको छ । अचेत अवस्थामा रहेकी मुनालाई स्टार अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरीय प्रहरी परिसरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए । मृत भेटिएका कामदार विजय चौधरी दाङका हुन् । घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया