कास्की – सेती नदीको खोंचमा अड्किएका एक जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । पोखरा स्थित सेती नदिको खोंचमा कुकुरलाई बचाउन जाँदा अड्किएका एक जना युवकलाई प्रहरीको टोलीले उद्दार गरेको हो ।
पोखरा महानगरपालिका वडा नं.९ पार्वती टोल स्थित रहेको नदिको खोचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भई हाल सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।
खोचमा खसेका गुरुङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानबाट उनको उद्दार गरेको हो । उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको छ ।





प्रतिक्रिया