साइपालका जनता आकाश हेरेर बसेका छन्, तत्काल खाद्यान्नको व्यवस्था होस्ः सांसद विक(भिडियो)

साइपालका जनता आकाश हेरेर बसेका छन्, तत्काल खाद्यान्नको व्यवस्था होस्ः सांसद विक(भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्य आशा विकले खाद्यान्न संकट भएको बझाङको साइपाल गाउँपालिकामा तुरुन्त खाद्यान्नको व्यवस्था गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले साइपाल गाउँपालिकामा मंसिर २८ गतेदेखि अहिलेसम्म ६ पटक बढी भारी हिमपात भएकाले हेलिकोप्टर मार्फत खाद्यान्न ढुुवानी गगर्न माग गरेकी छन् ।

‘त्यहाँका करिब १५ सय जनता हेलिकोप्टरको पर्खाइमा आकाश हेरेर बसेका छन्’, उनले भनिन्, ‘मंसिर २८ गतेदेखि अहिलेसम्म ६ पटक बढी भारी हिमपात भएकाले स्थानीय यातायात खच्चड हिँउमा हिँड्न नसक्दा डिपोबाट ढुवानी गर्नसमेत कठिनाइ भएको र घरमा भएको जौं, आलु पनि सकिएको जानकारी आएको छ । उक्त क्षेत्रमा तत्काल खाद्यान्न उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’

बाटोमा ६ फिट बाक्लो हिउँ जमेकाले हेलिकोप्टर बाहेक अन्य विकल्प नरहको सांसद बिवकले संसदलाई जानकारी दिएकी हुन् ।