सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, जमदारको मृत्यु

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, जमदारको मृत्यु


काठमाडौं – सल्यानको चोरखालामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको गाडी सल्यानको चोरखालामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा सेनाको लु १ ग १२३ नम्वरको गाडी दुर्घटनाग्रस्त भएका हो ।दुर्घटनामा परेको गाढी गाडी सबुज गणको रहेको सेनाले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका जमदार २९ वर्षीय यादवराज ढरेल रहेका छन् । दुर्घटनामा घाइते हुनेमा मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ६ जनाको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले गाडी दुर्घटनाको कारण भने अझैसम्म खुल्न नसकेको बताए । गाडी सडकदेखि ७ सय मिटर तल खसेको छ ।