काठमाडौं – नुवाकोटको बेलकोटगढी नगरपालिकाले प्रमुख र उपप्रमुख विदेश गएका कारण नभई नगरपालिका स्थापना दिवसका दिन सार्वजनिक बिदा दिइएको प्रष्टीकरण दिएको छ ।
नगर प्रमुख राजेन्द्ररमण खनाल र उपप्रमुख कविता ढुंगाना भारत भ्रमणमा गएका दिन गत २७ माघमा नगरपालिकाले नगरक्षेत्रभरि बिदा दिएको समाचार आएपछि नगरपालिकाका तर्फबाट प्रष्टीकरण आएको हो ।
उपमेयर ढुंगानाले माघ २७ मा नगरपालिका घोषणा भएको दिनको खुसियालीमा बिदा दिने निर्णय भएकामा आफूहरुको भारत भ्रमणसँग जोडेर अतिरञ्जित समाचार प्रकाशित भएको बताइन् ।
ढुंगानाले आफूहरु मात्र नभई नुवाकोटका जिल्ला समन्वय प्रमुखसहित सबै नगर र गाउँपालिका प्रमुख सँगै भ्रमणमा आएको बताइन् ।
युनोप्स नामक भारतीय संस्थाले नुवाकोटका सबै पालिकामा प्राविधिक सहयोग गर्दै आएको र सरकारले भारतबाट आएको अनुदान रकम भूकम्पछिको पुनः निर्माणका लागि उपलब्ध गराइएका कारण सोही संस्थाले भारतमा भूकम्पछिको पुनः निर्माणको अवस्थाबारे अध्ययन भ्रमण गराउन आफूहरुलाई लगेको उनको भनाइ छ ।
बेलकोटगढी नगरपालिकाका प्रमुख÷उपप्रमुखसहित जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित र उपप्रमुख गीता दाहाल अर्याल, तादी गाउँपालिका प्रमुख नारायणप्रसाद पाण्डे, उपप्रमुख ईश्वरी उप्रेती, मेघाङ गाउँपालिका प्रमुख आशा तामाङ, उपप्रमुख शान्ति गुरुङ, किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामा, उपप्रमुख मायादेवी घले न्यौपाने, तारकेश्वर गाउँपालिका प्रमुख रमेशबहादुर ओस्ती, उपप्रमुख तारावेदी रिमाल अघिकारी, दुप्चेश्वर गाउँपालिका प्रमुख योगेन्द्रसिंह तामाङ, उपप्रमुख अञ्जु आचार्य, सूर्यगढी गाउँपालिका प्रमुख सन्तबहादुर घले, उपप्रमुख मञ्जु बुढाथोकी, लिखु गाउँपालिका प्रमुख ध्रुव श्रेष्ठ, उपप्रमुख रोजिना राई भारत भ्रमणमा छन् ।




प्रतिक्रिया