२५ औं जनयुद्ध दिवस धुम्बाराहीमा मनाइँदै, ओली गएनन्

२५ औं जनयुद्ध दिवस धुम्बाराहीमा मनाइँदै, ओली गएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवसमा सहभागी भएनन् ।

नेकपा र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदै गरेको २५ औं जनयुद्ध दिवसमा ओली सहभागी नभएका हुन् ।

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् ।

यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए ।

ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।