अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठनका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘विप्लव’ समूहको विद्यार्थी संगठन अन्तर्गत अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल रहेका छन् ।

ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको संबटा क्षेत्रबाट पक्राउ गरेको हो । ढकालसँगै अन्य तीन जना पनि पक्राउ परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।