बाबुराम भट्टराईले ट्वीटरमा मनाए २५ औं जनयुद्ध दिवस !

बाबुराम भट्टराईले ट्वीटरमा मनाए २५ औं जनयुद्ध दिवस !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले जनयुद्ध दिवसका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन् ।

तत्कालिन माओवादीले २०५२ साल फागुन १ गते शुरु गरेको सशस्त्र द्वन्द्व २५ वर्ष पुगेको सन्दर्भमा अध्यक्ष भट्टराईले आज बिहान ट्विट मार्फत शुभकामना साटेका छन् । उनले ट्विटरमा जनयुद्धका सहिद, बेपत्ता र घाइतेप्रति उच्च सम्मान रहेको उल्लेख गरेका छन् ।

‘ऐतिहासिक जनयुद्ध प्रारम्भको २५ औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान सहिदहरू, बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० बर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ’, उनले ट्विटमा लेखका छन्, ‘उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं !’

सशस्त्र द्वन्द्वका बेला माओवादीले निर्माण गरेको समानान्तर सरकारको प्रमुख रहेका भट्टराई जनयुद्ध दिवसका केही वर्षयता औपचारिक कार्यक्रममा सहभागी हुँदैनन् । उनले सामाजिक सञ्जालमार्फत स्मरण गर्दै आएका छन् ।