एनजीओको पछि नलाग्नुस्, सरकारले छिट्टै प्याकेज ल्याउँछ : अध्यक्ष प्रचण्ड

एनजीओको पछि नलाग्नुस्, सरकारले छिट्टै प्याकेज ल्याउँछ : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई सरकारले छुट्टै प्याकेज ल्याउने बताएका छन् ।

बिहीबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गर्दै सरकारले छिट्टै परिचयपत्र, राहत प्याकेज ल्याउने आश्वासन दिए ।

उनले भने, ‘अब कोही विदेशी गैरसरकारी संस्थाले यो गरिदिन्छौं, त्यो गरिदिन्छौं, यहाँ जानपर्‍यो, त्यहाँ जानपर्‍यो भन्यो भने त्यसको पछि नलाग्नु होला ।’

अहिले कतिपय देश र संस्थाहरु सरकारमार्फत सहयोग गर्न तयार छौं भनेर आएको र केहीले करिव एक हजार घाइते तथा अपाङ्गलाई विदेश लैजाने बताएको प्रचण्डले सुनाए । २०० जतिलाई तुरुन्तै लैजान्छौं भनेको भन्दै उनले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालमार्फत ठोस प्रस्ताव लिएर आउन आग्रह गरे ।

हिजो कांग्रेस, पूर्वएमाले र पूर्वमाओवादीले एकअर्कालाई कमजोर देखाउन खोज्दा सत्य निरुपण र वेपत्ता आयोगमा ६४ हजारबढी मुद्दा परेको बताए ।

उनले भने ‘अहिले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको छ । पहिल्यै समझदारी भएको भए अहिलेसम्म २ हजार, २५ सयमा झार्न सकिन्थ्यो ।’

‘घाइते योद्धाहरुको सानोसानो टिम बनाउने, लिएर हिँड्ने र एउटा खेती गर्ने । तपाईहरुलाई चाहिँ कार्यक्रममा ख्वाइदियो, प्याइदियो । मोटो रकम चाहिँ चलखेल गर्ने आईएजीओवादीहरुले नै लिने उद्योग चलिरहेको छ’ अध्यक्ष प्रचण्डले भने ।