प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्  ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।