अफगानिस्तानमा इद अल–अधाका अवसरमा दुई हजारभन्दा बढी कैदी जेलमुक्त

अफगानिस्तानमा इद अल–अधाका अवसरमा दुई हजारभन्दा बढी कैदी जेलमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको सर्वोच्च अदालतले दुई हजार १७८ कैदीलाई इद अल–अधा अवसरमा रिहा गरिएको जनाएको छ ।

कामचलाउ सरकारका सर्वोच्च नेता मौलवी हिबतुल्लाह अखुन्दजादाको आदेशका आधारमा बिहीबार ती कैदीलाई रिहा गरिएको अदालतले आफ्नो ट्वीटर पेजमा जनाएको छ ।

सो अवसरमा ४८९ कैदीबन्दीलाई कैद सजाय तोकिएको अदालतले जनाएको छ । यस वर्षको इद अल–फित्रको अवसरमा पनि दुई हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो ।