काठमाण्डू– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर वडा भेला आयोजना गरेको छ ।
तदर्थ समिति गठन नभएका वडाहरुमा भेला आयोजना गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
भेलाले तदर्थ समिति गठन गर्ने उनले बताए ।
रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने मिति तोकेको छ । गत साता बसेको सचिवालय बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
सभापति रवि लामिछानेबाहेक रास्वपामा हाल कोही पदाधिकारी छैनन् ।




प्रतिक्रिया