इरानी राजधानीमा टेलिभिजनको ड्रोनलाई खसालियो


 

तेहरान (इरान), ८ पुस । इरानको सरकारी स्वामित्वमा सञ्चालित टेलिभिजनको मानवरहीत विमानले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्धारण गरिएको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरी दृश्य खिचिरहेको अवस्थामा खसालिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

इरानी आइएसएनए न्युज एजेन्सी विमानलाई यहाँकै वायु सेनाको रक्षा दलद्वारा खसालिएको हो । विमानले इरानको राजधानी इङहैलाव स्क्वायरको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरेपछि सेनाले खसालेको आइएएएनएले जनाएको छ ।

इङहेलाव स्क्वाएर इरानी सर्वोच्च नेता आयोतोलाह अलि खामेनीको कार्यालयसहित अन्य महत्वपूर्ण सरकारी कार्यालय रहेको स्थान हो । विमान कहाँ खस्यो र यसबाट कसैको मृत्यु भएको वा कोही घाइते भए÷नभएको सम्बन्धमा केही जानकारी गराइएको छैन । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement