काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरुको व्यवस्थापनमा हम्मेहम्मे परेको छ । एकै पदमा धेरै नेताहरू आकांक्षीबनेपछि ओलीलाई सकस भएको छ ।
१०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान १० बजे सुरू हुने भनिएको बन्दसत्र अझै सुरू हुन सकेको छैन । अहिले पनि नेताहरुबीच सहमतिको प्रयास जारी रहेको छ । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।
यसअघि ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा थियो । त्यस्तै, ओलीले अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् । केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसकेका छन् । प्रवेश गर्ने क्रममा उनले केही प्रतिक्रिया दिएनन् ।




प्रतिक्रिया